जाजरकोटमा पुन: ठूलो भूकम्पको झट्का महसुस

काठमाडौँ :

जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन: ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्‍निच्युडको भूकम्प [अपडेट]

त्यहाँ रिपोर्टिङमा रहेका संवाद्‍दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।

रूकुमका संवाददाता महेश केसीका अनुसार पराकम्पका कारण उनले रिपोर्टिङ गरिरहेको स्थानबाट परिपट्टीको डाँडामा पहिरो गएको देखिएको छ ।

जाजरकोटमा रहेका फोटोपत्रकार अंगद ढकालका अनुसार केही समयको अन्तरालमा दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको छ ।

थप विवरण प्राप्त हुँदै….

us dintal patan
Leave A Reply

Your email address will not be published.