बैतडी:
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पिपिएल क्रिकेट प्रतियोगितामा क्वाटरफाइनलमा पुग्ने ६ वटा टोलीको टुंगो लागेको छ । मेलौली नगरपालिका, टिम क्वालीटी कैलपाल, पाटन भ्याली, थालीगडा, सहस्त्रलिङ्ग, नागेश्वर क्रिकेट क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षीत गरेका हुन् ।
आज भएको खेलमा पाटन भ्यालीले खोडपेलाई पराजित गर्दै समूह विजेता बनेको छ । उक्त समूहबाट समूह उपविजेता थालिगडा बनेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।
लिग चरणका दुई अन्तिम तथा क्वाटरफाइनलको पहिले खेल भोली हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए । भोली पहिलो खेल पञ्चकोटी युवा क्लब र टिम क्वालीटी दोगडाकेदार तथा पुर्चाैडी नगरपालिका र कुलगडे क्रिकेट क्बलबीच खेल हुने छ ।