पिपिएल–३ःमेलौली सेमिफाइनलमा प्रवेश
बैतडी:
बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–३)मा मेलौली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । पाटन नगरपालिका ६को कृष्ण माविको खेलमैदानमा आज सम्पन्न क्वाटर फाइनलको खेलमा पाटन भ्यालीमाथि १० विकेटले जित दर्ता गर्दै मेलौली सेमिफाइनलमा प्रवेश गरेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।
पाटन भ्यालीले दिएको ६६ रनको सामान्य लक्ष मेलौलीले बिना विकेटको क्षतिमा ५.५ ओभरमा भेट्टाएको हो । मेलौलीका अभिषेक पालले ३७ र नरेन भट्टले २८ रनको पारी खेलेका हुन् ।
यसअघि टस जितेर व्याटिङ गरेको पाटन भ्यालीले १४.१ बलमा अलआउट हुदै ६५ रन मात्रै बनाउन सक्यो । पाटन भ्यालीका खगेन्द्र जोशीले १२ तथा दिपेन्द्र भण्डारीले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । मेलौलीका भोजराज भट्ट र मंगेस दयालले समान तीनतीन विकेट लिए । भोजराज म्यान आफ द म्याच चुनिए