दिल्ली :
बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर ९ कुलाकाट्नेका लाल बहादुर थापाका १४ वर्षीय छोरा प्रकाश थापा रहेका छन् ।
बेपत्ता बालक प्रकाशका बुवा लाल बहादुर थापाका अनुसार प्रकाश भारतको देहरादुनको स्थानीय श्री गुरुराम राइइन्टरकलेज नेहरुग्राममा कक्षा ६ मा अध्ययनरत थिए ।
उनले भने, ‘प्रकाश स्कुलले आयोजना गरेको भ्रमण कार्यक्रममा जानको लागि जिद्दी गरिरहेको थियो । मैले नजानु भनेर डियुटीमा गए कोठामा फर्कंनासाथ कोठामा थिएन् ।’ उनी स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए ।
उनले भारतको प्रहरी थाना रायपुर देहरादुनमा छोरा बेपत्ता भएको जाहेरी समेत दिएको बताए ।