ललित बोहरा, बैतडी:
१७ बर्ष पहिले पहिरोले सिँचाई कुलो भत्किदाँ खेती योग्य जमीन बाझो रहेको छ । बैतडी जिल्लाको त्तलो स्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिका वडा नम्बर १ को एक सिँचाई कुलो भत्किदा ५० घरपरिवार बसाई नै सरेका छन् ।
सम्बन्धित निकायमा सिँचाई कुलो निमार्णको मागका लागि कार्यालयहरु धाउदाँ धाउदै थाकेका नागरिकले बसाई नै सरेका छन् । १७ बर्षदेखी मुदुरे स्याल्तडी सिँचाई योजनाको कुलो भत्किदा त्यहाँका नागरिकको खेती योग्य जमिन बाझो भएको छ । २०६२ सालको अविरल बर्षाले ५० परिवारको कमाई खाने खेत बाझो भएपछि यहाँका नागरिक विस्थापीत भएका छन् ।
कुलो निमार्ण गर्न त्यहाँका नागरिकले सिँचाई कार्यालयदेखी सुदूरपश्चिमका मुख्यमन्त्री कार्यालय सम्म धाएपछि २०७६ सालमा १ करोड ५० लाख बजेट विनीयाजन भयो । तर त्तकालीन सिँचाई डिभिजन प्रमुखले सम्झौता गर्न वेवास्था गरेपछि बजेट फिर्ता भयोे ।
बजेट फिर्ता भएपछि ३ बर्षयता हरेक बर्ष त्यहाँका कृषक सामुहिक रुपमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पाटन बैतडीमा पुग्ने छन् । कृषक जयदत्त भट्टले भने, ‘हामीले बसाई नै सर्ने अवस्था आयो तर सिँचाई सुविधा आएन् । स्थानीय सरकार पनी हाम्रो लागि सकरात्मक भएन् ।,
सुन्र्या नदिको किनारमा सिँचाई कुलोले १ बर्षमा ३ खेती हुने गरेको थियो । सिचाईको सुविधा नभएपछि खाद्य असुरक्षाको अवस्था भएपछि त्यहाँको बस्ती अहिले मेलौली वडा नम्बर ६ मा सरेका छन् । रु. ३५ केजीका दरले एक बर्षमा ६ लाख २६ हजार तीन सय २१ गरी १७ बर्ष सम्म औसतमा २ करोड १९ लाख १६ हजार २ सय ३० नोक्सान भएकोले त्तकाल सिँचाई सुविधा पुत्याउनु पर्ने कृषक लालमणी भट्टले आक्ररोस व्यक्त गरे । उनले भने, ‘यो बर्ष जसरी पनी हामीलाई सिँचाई सुविधा दिनु पर्छ, खाद्य वस्तु खरिदकै लागि हामीले लेवरी काम गर्नु पर्छ ।,
३ बर्ष अगाडी सम्झैता नै नगरी बजेट फिर्ता पठाउने जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पाटन बैतडीलाई अहिले परिर्वतनका लागि युवा समुह (याक नेपाल) संस्थाको सहयोगमा अगामी आर्थिक बर्ष २०८०÷०८१ क लागि बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखी खाद्य अधिकार प्राप्तीका लागि युवा समुह (याक नेपाल) लागी परेको संस्थाका प्रतिनिधी देवी खनालले बताए ।
खाद्य अधिकारीसंग काम गर्ने संस्थाले उनीहरुका माग सम्बोधन गर्ने सुदूरपश्चिम प्रदेशसम्म धाउने बताएको छ । दुर्गम बस्तीमा विकास गर्ने वेवास्थ गर्ने जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पाटन बैतडीले अगामी आर्थिक बर्ष २०८०/०८१ का लागि पहिलो प्राथमीकरणमा राखेर मन्त्रालय योजन पठाउने जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख संन्दिप डंगोलले बताए । उनले भने, ‘पहिले के भयो त्यो लामो काहानी छ अबको वर्ष हामी पहिलो प्राथमिकतामा राखेर माथि सिफारीस गर्दछौँ ।,
भिडीयो…