डडेल्धुरामा जुवा खेलीरहेका ११ जना नगदसहित पक्राउ

ललित बोहरा/ डडेल्धुरा

डडेल्धुरामा जुवाखेलीरहेका ११ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका- १ मौरोडामा रहेकाे धर्मराज जोशीको जस्ता पत्ताले छाेएको घरबाट नगद २१ हजार ३ सय ७९  र तासका पत्तासहित प्रक्राउ डडेल्धुरा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन् ।

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन् ।

उनीहरूको साथबाट २१ हजार ३ सय ७९, दुई गड्डी तास, रातो बुट्टेदार बिछौना १ थान समेत बरामद गरिएको छ ।

यो लिष्ट हेर्नुस:

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.