नौगाड गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

दार्चुला :

दार्चुलाकाे नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको गाडी दुर्घटना भएको छ । जिल्लाकाे नौगाड गाउँपालिका-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका-३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो ।

जिप दुर्घटना हुदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ । घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.