डडेल्धुराको जगन्नाथ मेला ‘खोलेइ जाँत’ मंसिर १३ गते हुने

डडेल्धुरा:

डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला मंसिर १३ गते लाग्ने भएको छ। स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित जगन्नाथ मंसिर १२ गते रतेडी र १३ गते (दिउसेडी) मेला लाग्ने भएको हो।

अजयमेरु गाउँपालिका ३ र ४ को चिपुरमा रहेको जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। गुनपाल ,चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए।

पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ। ‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्।

साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरू पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो (हाटपाट न्वाउलो), उत्तरमा माहर गडो (हल्कुडा) र दक्षिणमा खिरे चौतारा (मणिलेक) भित्र कसैले गैरकानुनी काम गरेको वा गराइएको पाइएमा जरिवाना गरिने क्लबका अध्यक्ष भट्टले बताए।

उनका अनुसार मदिरा बेचेमा १० हजार, सेवन गरेको पाइएमा ५ हजार, जुवातास खेलाएमा १० हजार, गाडीमा रोडमै सामान बेच्नेलाई २ हजार र गाडी मोटरसाइकल पार्किङ स्थलभन्दा अगाडि लिएमा समेत जरिवाना गरिनेछ।

अध्यक्ष भट्टले भने, ‘आज आगो पारेर गाँजसहित देउरो मन्दिरमा लगिएको छ। अब जाँतसम्म पुजारीहरू मन्दिरमै बस्छन्। मेलासम्म सधैं पूजा लाग्छ।’

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.