बैतडीको पाटनस्थित महारुद्र मन्दिरमा ४ गते जात्रा हुने

बैतडी: 

बैतडीको पाटनस्थित महारुद्र मन्दिरमा मंसिर ४ गते जात्रा हुने भएको छ । जिल्लाको पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा लाग्ने जनाएको छ । हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। महारुद्र मन्दिरको भण्डार घरबाट कार्तिक शुक्ल अष्टमीका दिन भण्डार लगेसंगै जात्रा शुरु हुने स्थानीय दिपक पन्तले बताए ।

पाटन नगरपालिका-२ सिमोडामा रहेको भण्डार घरबाट कार्तिक अष्टमी सप्तमीका दिन मन्दिरमा भण्डार लग्ने चलन रही आएको स्थानीय प्रेम राम विकले बताए । महारुद्र मन्दिरमा असोजको नवरात्र, चैत नवरात्रमा पनि पूजाआजा हुने गरेको छ।

महारुद्र मन्दिरमा लाग्ने सम्पूर्ण मेलाहरु मध्ये ठूलो जाँतको रुपमा कार्तिक शुक्ल सप्तमी र अष्टमीको दिन लाग्ने मेलालाई मान्ने गरिन्छ। गत बर्ष महारुद्र मन्दिरमा लाग्ने जात्राको अवसरमा पाटन नगरपालिकाले सार्वजनिक बिदा पनि दिएको थियो।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.