तिर्थ नेपाली
डोटी :बैतडीको पाटन नगरपालिकामा बस्ने एक महिला १८ दिनदेखि बेपत्ता भएकी छन् । कार्तिक १२ गते बुधबारबाट पाटन नगरपालिका-६ काणालीकी २४ वर्षीया सुनिता लुहार बेपत्ता रहेकाे उनका श्रीमान कर्ण लुहारले जानकारी दिए ।
बुधबार दिउँसो घरबाट माईत जान्छु भनेकी हिंड्की ती महिला सोही दिनदेखि सम्पर्क विहिन रहेकाे कर्णले बताए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी पारिवारिक स्रोतले बताए । बेपत्ता भएकी महिलाको बारेमा प्रहरीलाई समेत जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ ।
बेपत्ता महिलाको घरमा १० बर्षीय छोरा ,८ बर्षीय छोरी ६ वर्षीया छोरा रहेका छ्न । भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छोरा दसैं-तिहारका लागि घर फर्किएका छ्न ।