विश्व शौचालय दिवस: ११ लाखकाे शौचालय प्रयोग विहीन, अगाडी खाेका

बैतडी: 

आज विश्व शौचालय दिवस देश भर मनाइँदै छ ।  बैतडीको पाटन नगरपालिकाले निमार्ण गरेको अपाङगमन्त्री भनीएको सार्वजनिक शौचालय निमार्ण सम्पन्न भएको २ बर्षसम्म सुचारु भएको छैन् ।

नगरपालिकाले ११ लाख ३७ हजार १ सय ४० रुपैया खर्च गरेर पाटन बजार नजिकै निमार्ण गरिएको सार्वजनिक शौचालय प्रयोग विहीन छन् । प्रयोगमा ल्याउन नगरपालिकाले नसकेपछि ११ लाख बढी लगानी बालुवामा पानी भएको भएको छ।

नगरपालिकाले यहाँका युवा तथा सञ्चार क्षेत्रले बेला बेलामा सञ्चालनमा ल्याउन आवाज उठाए पनि नगरपालिकाले वास्ता नगरेकाे स्थानीयले बताए ।  उल्टै जनप्रतिनिधीको संरक्षणमा अपाङगमन्त्री सार्वजनिक शौचालय अगाडी अवैध खोका निमार्ण गरिएको छ । सार्वजनीक जमिन व्यक्तीले कव्जा गरेर पसल निमार्ण गरेका हुन् ।

सार्वजनिक शौचालय संचालनमा नआएपछि  कतिपय स्थानमा नगरबासीले खुलारूपमै शौच गर्न बाध्य भएका छन्।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.