बैतडी:
बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको छ । डा. अस्मीता नेगीले राजिनामा दिएपछि समुदायको अस्पताल बनेको पाटन प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ ।
पाटन नगरपालिकाले करारमा नियुक्त गरेका डा.नेगीले राजीनामा दिएको स्रोतले बताएको छ । पाटनमा करिब दुई बर्ष उनले यहाँका जनताको सेवा गरेको थिइन् ।
डा. नेगी पछिल्ला दुई महिनामा भने करिब १५ दिन स्वास्थ्य केन्द्रबाट सेवा दिइएकी थिएन् ।
यस क्षेत्रका नागरिक अब चिकित्सकिय सेवाबाट बञ्चीत भएका छन् भने शव पोष्टमार्टमको केन्द्र बन्नेको पाटनमा अब डाक्टर अभावले रोकिने भएको छ ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्रले दिने केही सेवामा असहजता उत्पन भएको र नगरपालिकाले त्तकाल डाक्टरकाे व्यवस्था गर्नु पर्ने इन्चार्ज प्रेमसागर भट्टकाे माग छ ।
जनशक्ती अभाव नै रहेको केन्द्रबाट डाक्टरले छोडेपछि सेवा प्रवाहमा समस्या भएको उनलेको भनाई ।