सिद्धेश्वर मावि हुक्केडाँडा मनायो बालमैत्री वार्षिकोत्सव तथा अभिभावक दिवस

बैतडी: 

बैतडीको पाटन नगरपालिका-९ मा पर्ने सिद्धेश्वर मावि हुक्केडाँडाले विभिन्न कार्यक्रमको आयोजना गरेर बालमैत्री वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सरसरफाई र पोषीलो खानेकुरा खाऔँ, ज्ञानी बन्न हुक्केडाँडा जाउँ भने नाराका साथ सिद्धेश्वर मावि हुक्केडाँडाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

६२ औँ र्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सन्देशमुलक संस्कृतीक कार्यक्रमको आयोजना गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिह भाटले बताए ।

बिद्यार्थीकै अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहरा, विशिष्ट अतिथी पाटन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्ट, १० का अध्यक्ष धनबहादुर कुवँर, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा रहेका थिए । हरेक बर्ष सिद्धेश्वर माविले वार्षिकोत्सव भव्यताका साथ मनाउदै आएको छ ।

विद्यालयको शैक्षिक र भौतिक विकास गरी विद्यालयलाई जिल्लाकै नमूना बनाउने योजना रहेको विद्यालय परिवारले जनाएको छ ।

२०१८ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्मको पढाई भईरहेको छ । विद्यालयले बालबालिकाहरुलाई सिपयुक्त तालिम समेत दिँदै आएको छ । बालबालिकाहरुलाई जिवनोपयोगी सीप सिकाउने गरिएको अध्यक्ष भाटले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.