एकल महिला जानकीको चित्कार :’न घर न बार’ जिर्ण घरमा बास

ललित बोहरा,बैतडी:

एउटा घरमा आमा-बुवा, छोरा-छोरी बाजे बजै तथा श्रीमान-श्रीमती गरेर परिवार बनेको हुन्छ । परिवारको छलफल गरि विभिन्न भविष्यका योजनहरु निमार्ण हुन्छ ।

बिरामी पर्दा वा सुःख दुःखमा साथ दिने श्रीमान तथा छोरा छोरी त हुन्छ तर बैतडीकी ७२ बर्षिया जानकी देवी धामीको मुख् बोल्ने र हात चाल्ने एक जना पनि छैन् ।
जिल्लाको पाटन नगरपालिका–९ गैराखान बस्ने जानकी कुनै बेलाको देउकी कुप्रथाको अवशेष जस्तै दिन रात कटाउछीन् ।

देउकी प्रथाको अन्त्य भएपछि गैराखान बस्ने भाट परिवारले आफै पालन पोषण गर्ने भनेर कुनै अरु ठाउँबाट यहाँ ल्याएका थिए । उनको नाममा जग्गा र घर नामसरी गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख बिष्ना भण्डारीले बताईन् ।

‘घर जग्गा त दिएको छ तर नाम मात्र को हो घर जिर्ण छ उत्पादन शिल जग्गा छैन, भण्डारीले भनीन्-‘त्तत्काल सहयोगको खाचो छ नत्र चोसोले उनी रहने नरहने भन्न सकिदैन् ।’

जिर्ण घरमा एकलै रात काट्ने जानकीको २२ बषीय छोरा भारतमा छन् उनलाई आमाको खासै चिन्ता र चासो नरहेको स्थानीयले बताए । एकल महिला धामीलाई बृद्धा अवस्थामा उनले पत्याएका आफ्न्त मानेकाले धोका दिने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता समेत स्थानीय एक जना पुरुषले लिने गरेको उनले बताईन् । उनले भनिन्, ‘गाउँकै मान्छे ल्याउछन् खान्छ मलाई त यी ५० रुपियाँ छ सराद्मा मिलेको हो, काेही छैन्र मेराे ।’

सरकारले दिएको सामाजिक सुक्षा भत्ता पनि अरुले नै लिने र उनलाई नदिने गरेको जानकारी पाटन नगरपालिकालाई आएपछि जानकी धामीकाे अवस्था बुझन्र गैराखान पुगेको उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।

जानकीको अवस्था बुझन् नगरपालिकाको टिम गएको थियो, उनले भने, ‘खाने बस्ने तथा सुत्ने ठाउँ निकै चिन्ताजनक रहेछ उद्धार गरी खान बस्न, तथा लुगा, भाडा वर्तन छिटै नगरपालिकाले उपलब्ध गराउछ।’

बुधबार पाटन नगरपालिका उपप्रमुख बोहराको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख  भण्डारी, सुरक्षीत आवास गृहका मनोविमर्सकर्ता डम्बरी भट्टले स्थगल अवस्था बुझेका हुन् ।

१६ दिने अभियानको अवसरमा उनलाई नगरपालिकाले सहयोग गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख भण्डारीले बताइन् ।

‘उनलाई तत्काल चोसोमा न्यानो लुगा र खाना पकाउने भाडा वर्तन अती आवश्यक छ उपप्रमुख ज्यूले सहयोग छिटो गर्ने भन्नु भएको छ भण्डारीले भनिन्, एकल महिलाको भत्ता खानेलाई कानुनी दायरामा ल्याउन पर्छ भनेर छलफल चलेको छ।’

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.