बडाल मेलाको अवसरमा गन्यापधुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

ललित बोहरा

डडेल्धुरा: डेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। गाउँपालिका–२ गणेशपुरमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्याप देवताको वडाल अवसरमा पालिकाले बिदा दिएको हो।

लाटागन्याप देउवताको वडाल जातको अवसरमा असोज ८ गते ९शुक्रबारबार० गाउँपालिकाको कार्यालय तथा मातहतको कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए।

डडेल्धुरा लगाएत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन्। ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुने गरेको छ।  गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्ष झै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताए।

हरेक बर्ष काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा रहिआएको छ ।

बडाल थलाबाट भागेश्वरमा चौलो जान्छ र त्यहाँबाट गाँज नगरीको तालमा ढोग गर्ने गरेको विश्वास सहित र स्थानीय देउवाहरुले तरवालले शरण खेलेपछि दिवा मेलाको शुभारम्भ गर्छ। यस क्षेत्रमा बडाल जाँत चौलोबाट प्रख्यात रहेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.