बैतडीका १० वटै स्थानीय तहले छापेन्न ‘रेडबुक’

जनताको हातमा पुगेन्

ललित बोहरा
पाटन, बैतडी

एक आर्थिक बर्षमा सञ्चालन हुने बार्षिक बजेट निति तथा कार्यक्रम रकमसहितको किताब स्थानीय, प्रदेश र संघले रातो किताब भनेर छपाई गर्ने गर्छन् । जसमा अनुसार बर्ष भरीका योजना के छन् भने जनतालाई थाहा हुन्छ ।

उपभाक्ताले के योजनामा कती बजेछ छ भने जानकारी समेत रातो किताब हेरेपछि थाहा पाउछन् । जनप्रतिनिधी तथा कर्मचारीले योजना यो छ भने जनताले विश्वसत हुनु भन्दाँ पनि रेडबुक हेर्न पाए विश्वास गर्छन जनता । हाम्रो गाउँको सडक, बाटो, कुल, मन्दीर, बिद्यालय, खानेपानी लगायतका बन्नका लागि कति रकम गाउँपालिका वा नगरपालिकाबाट आएको छ भनेर जानकारी दिने बजेट सभाबाट पास भएको करिब ५ महिनासम्म बैतडीका १० वटै स्थानीय तहहरुले रातो किताब (रेडबुक) छापेका छैन् ।

‘सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सूत्र) समावेश गरेर तलब भत्ता लगायत योजनाका भुक्तानीका कार्यहरु समेत सुरु गरिएको स्थानीय तहहरुको भनाई छ । केही स्थानीय तहले रातो किताब छाप्ने योजनामै छैनन् । कसलाई चाहिएमा अनलाईनमा छ भनीदिने गरेका छन् । सर्वसधारण जनताको पहुँच अनलाईनमा छैन। अनलाईनमा केही स्थानीय तहले प्रकाशित नै गरेका छैनन् ।
कुन पालिकाले के गरेको छ ?
बैतडी जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले रातो किताब छपाई नगरेपनि बार्षिक बजेट निति तथा कार्यक्रम, योजनाको नाम, रकम, वडा र शाखागत बजेट योजनहरु अनलाईन पोर्टलमार्फत सार्वजनिक गरेको छ । सूचना अधिकारी राजबहादुर बिष्टका अनुसार रातो किताब छपाई प्रक्रियामा छ।

पाटन नगरपालिकाले योजना, बजेट तथा कार्यक्रमहरु समेटिएको रातो किताब छपाईका लागि दिएको प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताए।
‘सबै वडालाई लेटरप्याटमा योजनाहरु लेखर पठाएको छ, प्रमुख प्रशासकिय अधिकतृ बुढाले भने, रातो किताब नआउदाँसम्म पत्र अनुसार योजना संम्झैता गर्ने हो ।’
बजेट पुस्तीका सुत्रमा अपडेट भएपनि पाटन नगरपालिकाले अनलाईन पोर्टनमा जनताले देख्ने गरी सार्वजनीक गरेका छैन् । अब गर्ने लगाउने प्रमुख प्रशासकिय अधिकृत बढाको भनाई छ ।

मेलौली नगरपालिकाले रातो किताब छपाइ गरेको छ तर धनगढीमै छ । बार्षिक बजेट निति तथा कार्यक्रम, योजनाको नाम र रकम तथा वडा र शाखागत बजेट योजना समेत पुस्तीका अनलाईन पोर्टलमार्फत सार्वजनीक गरेको छ । प्रमुख प्रशासकिय अधिकृत सपना कार्कीका अनुसार रातो किताब दुई तिन दिनमै नगरपालिकामा आइपुग्ने छ ।

पुर्चौडी नगरपालिका नगरकार्यपालिकाको कार्यालय हाटले पनि रातो किताब छपाईको प्रक्रियामा रहेको जनाएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक बिकास कार्यक्रमले सुत्रमा समावेश गरेको कार्यक्रम तथा बजेटलाई आफ्नो अनलाईन पोर्टलबाट सार्वजनीक गरेको छ ।

बजेट रकम सहितको हेर्न मिल्ने गरी अनलाईनमार्फत केही महिना आगडी नै सार्वजनीक गरेको सूचना तथा संचार प्रविधि अधिकृत प्रविन धानुकले बताए ।
तीन गाउँपालिका सुनर्या, डिलाशैनी र सिगासका प्रमुख प्रशासकिय अधिकृत रधुनाथ अवस्थीका अनुसार सुनर्या गाउँपालिको रातो किताब छपाईको प्रक्रिया पुरेको छ तर डिलाशैनी र सिगासमा पछि गएकाले प्रक्रिया सुरु गर्न सकिएका छैन् ।

सामाजीक सुरक्षा भत्ता र कर्मचारी तलब तथा जनप्रतिनिधीको सेवा सुविधा भुक्तानीका लागि सुत्रमा बजेट समावेश गरेर काम चलाएको उनको भनाई छ । सुनर्याले जनताले देख्ने गरी योजना बजेट पुस्तीकालाई अनलाईन पोर्टलबाट सार्वजनीक समेत गरेको छ ।

डिलासैनी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८०/०८१ भनेर अनलाईनमा राखेको छ तर यसमा योजनाको नाम,रकम केही छैन चालु आर्थिक बर्षको कुल बजेट समावेश छ ।

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय विवरण भनेर योजनको रकमसहितको वडा र शाखागत बजेट सिलिङ अनलाईन पोर्टलमार्फत सार्वजनीक गरेको छ ।

सिवनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ भनेर योजना कार्यक्रम रकमसहित गाउँ सभाबाट पारि गरेकोलाई नै अनलाईनमार्फत सार्वजनीक गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए । उनले आफु प्रमुख प्रशासकिय अधिकृत भएपछि २०७७ शाखदेखीका योजना तथा बजेट अनलाईनमा राखेको बताए ।

पञ्चेश्वर गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को रातो किताब शिर्षक नै राखेर अनलाईनमा प्रकाशित गरेको र रातो किताब छपाई नगर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए ।

श्रोत अनुमान तथा सिमा निर्धारण २०८०÷०८१ शिर्षमा दोगडाकेदार गाउँपालिकाको अनलाईनमा आय व्यय अनुमान भनेर प्रकाशित गरेको छ किताब छपाई प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए ।
अधिकाश स्थानीय तहले अनलाईन पोर्टलबाट बजेट सार्वजनीक गरेपनि सर्वसाधारण जनताको पहुँचमा भने छैन् ।

रातो किताब महालेखाले लेखापरिक्षणका बेला अनिर्वाय गरेको छ । महालेखाबाट आउन लेखापरिक्षकलाई देखाउन अन्तीममा रातो किताब छाप्ने चलन यहाँका स्थानीय तहको रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.