पाटनमा दुना टपरी बनाउने ७ दिन तालिम सम्पन्न

बैतडी:

बैतडीको पाटन नगरपालिमा ७ दिने दुनाटपरी बनाउने तालिम सम्पन्न भएको छ । पालिकाको वडा नम्बर १ र ७ को गुथडीका महिलाहरुलाई तालिम दिईएको आयोजकले जनाएको छ ।

महिलाहरुलाई आत्मानिर्भर बनाउने उद्देश्यले तालिको आयोजना गरेको पाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ओमप्रशाद पाण्डेले बताए ।

धेरै पालको पात भएको ठाउँका महिलहरुलाई सालको पातको टपरी, दुनाहरु बनाउने सिप सिकाएको महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख विस्ना भण्डारीले बताईन् । समापन कार्यक्रमका प्रमुख अतिथी तथा नगर उपप्रमुख कमलसिह बोहराले आफुले चुनावमा गरेका बाचा पुरा गरेको बताए ।

चुनावमा भोट माग्न आउदाँ यहाँका शालका पात खाली कुईरहेका देखे तेसैले यहाँका महिलाहरुलाई पातको दुना टपरी बनाउन कार्यक्रम चालुबजेटमा राखेको हो नगर उपप्रमुख बोहराले भने, अगामी दिन पनि महिलाहरुको जिवनसंग जोडीएका तालीम सञ्चालन गर्ने बताए ।

गुथडी गाउँमा कहिले स्थानीय, प्रदेश, संघ सरकारले कुनै तालिम नदिएको र अहिलेका जनप्रतिनिधीहरुले संञ्चालन गरेको भन्दै सहभागी मिना चन्दले खुसी व्यक्त गरिन् ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!