सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले गरे मेलौली भगवती मन्दिरको दर्शन

पाटन, बैतडी:

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मेलौली भगवती मन्दिरको दर्शन गरेका छन् । बिहिवार बैतडीका बिभिन्न ठाउँका शक्तिपिटहरुको दर्शन गर्न क्रममा मेलौली भगवत मन्दीरको दर्शन पुग्नु भएको उनले सजिवालयले बताएको छ ।

sanke

मेलौली पुगेका जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको छ। मेलौली नगरपालिका नगरप्रमुख भीम बहादुर चन्द, उपप्रमुख पार्वती बोहोरा विष्ट, मेलौली नगरपालिका–०९ का वडा अध्यक्ष लोकराज भट्ट, ०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, ०५ का अध्यक्ष भरत पुजारा, मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायक लगायतका ब्यक्तिहरु जोशीलाई स्वागत गरेका छन् । मेलौली भगवतीमा १० गते मेला लाग्दै छ ।

Leave A Reply

Your email address will not be published.