एमाले अध्यक्ष ओली बैतडी आउने भएपछि राजमार्गका खाल्डा पुर्दै सडक डिभिजन

पाटन, बैतडी:

सडक डिभिजन कार्यालय पाटन बैतडीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कालोपत्र सडकका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेको छ।

डिभिजन कार्यालयले बिशेष गरी अनारखोलीदेखी झुलाघाटसम्मको कालोपत्रे सडकलाई तिव्ररुपमा सरसफाईसंगै खाल्डाखुल्डी पुर्ने काम गरिहेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शार्मा ओली सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी आउने भएपछि सडकमा आएका खाल्डाखुाल्डी माटोले पुरिदै छन् ।

अध्यक्ष ओलीसंगै सयौँ गाडी यो सडकबाटो आउने भएपछि सडकका खाल्डाखुाल्डी पुर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले निर्देशन दिएको हो ।

खाल्डाखुाल्डी पुर्ने नाममा जथाभावी जेसीवीले माटोमा भएको ढुगां समेत सडकमा हालेपछि दुर्घटनाको जोखीम बढेको सवारी चालक मोहन ऐरीले बताए ।

समस्या आएको ठाउँमा छिटै पुनः सरसफाई गर्ने सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!