राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैतडी जिल्ला अध्यक्षमा दयाल चयन

बैतडी: 

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैतडी जिल्ला अध्यक्षमा मुकेश दयाल चयन भएका छन् ।

जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिबद्धता सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यबद्धता भने नाराका साथ पाटनमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले दयालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मतरुपमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा पुष्पा महर र सुमन लुहार, सचिव दलबहादुर बिष्ट,सहसचिव राजेन्द्र दयाल, कोषाध्यक्ष लोकराज भट्ट सर्वसम्मत चयनको निर्वाचन मण्डलका अध्यक्ष गुमानीदत्त पन्तले बताए ।

यस्तै सदस्यमा लोकेश महरा, दिपक राम लुहार, महेन्द्र कार्की, रोहीत धानकलगायत चयन भएका निर्वाचन मण्डलका सदस्य देवसिह ठगुन्नाले बताए । जिल्ला भेलामा सुदूरपश्चिम प्रदेशका निर्वतमान प्रदेश सदस्य प्रेमप्रकाश भट्ट(आदित्य) पाटन नगरपालिका नगरउपप्रमुख कमलसिह बोहरा(अपी) लगायतको उपस्थीती रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.