बैतडी:
ग्लोबल आईएमई बैंकको शाखा बैतडीको पाटनमा सुरु भएको छ । सेवा सेन्टरको रुपमा सञ्चालन भइरहेको ग्लोबलले आफ्नो शाखा विस्तार गरेको हो । पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावलले शाखाको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
शाखा विस्तारसंगै सेवा ग्राहीका लागि कार्यालय समेत नयाँ व्यवस्थापन गरिएको शाखा प्रबन्धक उपेन्द्र चन्दले बताए ।