डडेल्धुरा :
डडेल्धुराको नवदुर्गा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलिप तामाङले पाएका छन् । गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका तामाङले नवदुर्गामा थप जिम्मेवारी पाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा पठाएको हो । यस्तै एक कार्यक्रमका बीच गाउँपालिकामा तामाङको स्वागत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्ष निर्मला बोगटी लगायतका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन् । यसअघि नवदुर्गा गाउँपालिकामा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख रविकुमार चौधरी निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए ।