खोड्पेमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा शुरु

बैतडी:

बैतडीको खोडपे बजारमा ग्लोबल आइएमई बैंकको एटीएम सञ्चालनमा आएको छ ।

डडेल्धुरा शाखा अन्तरगतको खोडपे उपशाखाले पाटन नगरपालिका–८ खोडपे बजारमा एटीएम सञ्चालनमा ल्याएको डडेल्धुरा शाखाका प्रबन्धक प्रकाशदत्त भट्टले बताए । ग्राहकहरुको सहजताको लागि एटीएम सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक भट्टले बताए ।

बैतडी, बझाङ्ग र दार्चुलाको प्रवेश द्वारको रूपमा रहेको खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा आएसँगै ग्राहकलाई सहज हुने भट्टले विश्वास व्यक्त गरे।

सोमबार एक कार्यक्रमकाबीच एटीएमको उद्घाटन गरिएको थियो । पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्ट र १० का वडा अध्यक्ष धनबहादुर कुवँरले सयुक्त रुपमा एटीएमको उद्घाटन गरेका थिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.