एमाले अध्यक्ष ओली भाेली बैतडीकाे पाटन आउदै

बैतडी: 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैतडी बुधबार आउने भएका छन् । नेकपा एमाले बैतडीका अनुसार दिउँसो २ बजेट पाटन नगरपालिका ६ को खुल्ला मञ्चमा कार्यक्रम राखेको जनाएको छ ।

समृद्धिका लागि संकल्प यात्रा अन्र्तगत पाटनमा कार्यकर्ता सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बैतडीका नेता देवेन्द्र कुवँरले बताए ।
कैलालीको धनगढीबाट गाडीबाटै पाटन पुगेर कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कार्यक्रममा समाजवादी लगायतका पार्टी परित्याग गरी नेता तथा कार्यक्रता एमाले प्रवेश गर्ने एमाले स्रोतले बताएको छ ।

समाजसेवी नेता हरिमोहन भण्डारीले समेत अध्यक्ष ओलीसंग भेटघाट गर्ने समय मागेका छन् । किन समय मागे भने खुलेकाे छैन् । यता नेकपा समाजवादी बैतडीका नेता  लगायतका ३० नेता कार्यक्रम एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले स्रोतले बताएको छ ।

मध्यपहाडी लोकमार्गमा मंसिर १४ गते ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ झुलाघाट अध्यक्ष ओली उद्घाटन गरेपछि झुलाघाट, गोठलापानी र खोड्पेमा कार्यकर्ता भेला तथा शहिद दशरथचन्दको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रमतय भएको नेकपा एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।

पाटन- ८ खोड्पेमा हुने कार्यक्रममा बझाङ जिल्लाका कार्यकर्ता सहभागी हुने छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.