नेपालको अर्थतन्त्र दलाल पुँजीपतिको हातमा गयो: ओली

ललित बोहरा, बैतडी:

बैतडी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र दुई–चार दलाल पुँजीपतिको हातमा गएको टिप्पणी गरेका छन्। पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनका लागि बैतडी पुगेका ओलीले यस्तो टिप्पणी गरेका हुन्।

सरकारले नेपालका उद्योगीलाई उत्साहका साथ उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन नसकेका कारण अर्थतन्त्र केही दलाल पुँजीपतिका हातमा गएको ओलीको भनाइ छ।

‘अहिलेको सरकारले विकास, रोजगारी, राम्रो शिक्षाको पहुँच बढाउन सकेन, कृषिको आधुनिकीकरण भएन। उद्योग बन्द हुनेतिर गए, कमिसनतन्त्र हावी भएर दुई–चार पुँजीपतिका हातमा अर्थतन्त्र गएको छ,’ अध्यक्ष आलीले भने, ‘सरकारले कमिसनका भर देशलाई आर्थिक रुपमा ओरालो लगाउने काम भयो, आज देश अराजकतातिर गहिराखेको छ। विकासका काम राकिएका छन्।’

अध्यक्ष आलीले अर्थतन्त्रमा विश्व अगाडि बढीरहेको, तर नेपाल पछाडि परिरहेको बताए। ‘एमालेको सरकार हुँदा विश्वले विकास धेरै भयो भनेर उदाउँदो एसियाको तारा भन्थे। अहिले चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ,’ ओलीले भने।

जिल्लाको पाटन बजारमा आयोजित सम्मान कार्यक्रममा बोल्दै देशको अवस्था सडक क्षेत्रमा पनि ओरालो लाग्दो रहेको बताए। कैलालीको धनगढीसम्म हवाई जहाजमा पुगेका ओलीले धनगढीबाट बैतडीसम्म ८ घण्टाको गाडीको यात्रामा आएका ओलीले सडकको अवस्था हेर्दै आएको र अवस्था राम्रो नभएको बताए।

उनले मध्यपहाडी राजमार्ग भित्रका पहाडका समस्या बुझ्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए। ‘महाकालीदेखि मेचीसम्म समृद्ध नेपाल सम्भव छ भन्ने उद्देश्यले संकल्प यात्रा गर्दै छौँ। भोलि यसै जिल्लाको झुलाघाटबाट सुरु गर्छौँ,’ ओलीने भने, ‘पूर्व–पश्चिम मेचीदेखि महाकालीसम्म एमालेले समृद्ध नेपाल बनाउन सक्छ। यहाँका समस्या के छन्, ती हर्नेका लागि पहाडै पहाडको यात्रामा छौँ।’

एमाले अध्यक्ष ओलीले मंसिर १४ गते, बिहीबार बिहान ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन्। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

यस यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने एमालेले जनाएको छ।

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.