झुलाघाटमा झन्डोत्तोलन गर्दै एमालेले सुरु गर्‍यो सकल्प यात्रा

बैतडी:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गरेका हुन्।

सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्दै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली संवृद्ध नेपाल बनाउने यात्रा भएको बताए। अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने दाबी गरे।

मध्यपहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा जनतासँग सघन संवाद गर्ने उनको भनाइ थियो।

अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताए। झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुस १ गते झन्डोत्तोलन गरी समापन हुने उनले बताए।

सङ्कल्प यात्रामा आम जनताको उत्साही भएको देख्दा खुसी लागेको बताउँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठूलो योगदान पुर्‍याउने बताए। नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उनले बताए।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.