नेकपा एसका बैतडी अध्यक्षसहित नेता तथा कार्यक्रता एमाले प्रवेश

बैतडी: 

नेकपा एकृकित समाजवादीका बैतडी अध्यक्षसहित काग्रेसका नेता तथा कार्यक्रमता एमाले प्रवेश गरेको छ ।

नेकपा एसका जिल्ला अध्यक्ष महादेव भट्ट, प्रदेश सभाका उम्मेवार समेत रहेका समाजवादीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट , बैतडी अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्ट, जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष तथाल समाजवादीका नेता चमनकुमार भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्र्चाज नरेन्द्र भट्ट एमालेमा फर्किएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरुलाई कांग्रेसलाई कारवाही गरेको थियो । एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।

बिहीबार गोठलापानीमा आयोजना गरेको कार्यक्रम नेताहरुलाई पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.