कांग्रेसले कारवाहि गरेपछि पाटनकी पूर्व उपमेयर र कार्यपालिका सदस्य कोलीद्धय एमाले प्रवेश

बैतडी:

कांग्रेस बैतडीले कारवाहि गरेपछि नेपाली काँग्रेसमा आवद्ध पति–पत्नी नै एमालेमा प्रवेश गरेका छन्।

बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा पाटन नगरपालिकाकी पूर्व उपमेयर रहेकी नेतृ सरस्वती कोली र उनका पति रमेश कोलीलाई पार्टीमा स्वागत गरेका थिए।

सरस्वती २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि हुन् भने उनका पति नेपाल दलित संघको अध्यक्ष र पाटन नगर कार्यपालिका सदस्य हुन्।

संघ र प्रदेशको निर्वाचन काँग्रेसको आधिकारी उम्मेदवारलाई सहयोग नगरि स्वतन्त्र उम्मेदवार तथा अन्य पार्टीको उम्मेदवारलाई सहयोग गरेको प्रमाणीत भएपछि दुई जनालाई १ बर्ष पहिले साधारण सदस्य समेत नरहने गरी कारवाहि गरेको पाटन नगर सभापती रमेश महराले बताए ।

हलिया मुक्ति समाजका अध्यक्ष कोली पहिले पनि एमाले प्रवेश गरेका थिए । केही समयपछि फेरी काँग्रेसमै फर्किय अहिले फेरी एमाले पुगेका छन् ।

कोलीद्धयलाई गरेको कारवाहि पत्र

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.