डडेल्धुरा पुगेर ओलीले देउवासंग गरे टेलिफोन सम्वाद, दिए अभियानकाे शुभकामना

डडेल्धुरा: डडेल्धुरा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासंग टेलिफोन सम्वाद गरेको छन् ।

अध्यक्ष ओली नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरासम्म पुगेको छ।

बिहीबार जुलाघाटबाट सुरू भएको पद यात्रामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता यतिबेला डडेल्धुराको अमरगढी नगरपालिका- ५ को एक होटलमा बसेका छन्।

डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको गृह जिल्ला हो। सोही कारण अध्यक्ष ओलीले एकाबिहानै देउवालाई फोन गरेर सम्झेका छन्। उनले सार्वजनिक गरेको भिडियोमा देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढी डडेल्धुराको एक होटेलमा बसेको छौँ। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भनेको सुनिछ।

उताबाट देउवाले एमालेले थालेको अभियानलाई शुभकामना दिएको भिडियोबाट प्रष्ट भएको छ।

टेलिफोन सम्वाद

https://fb.watch/oF0R-oDkBE/?mibextid=Nif5oz

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.