बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु

बैतडी:

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका – ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।

पाटन नगरपालिका ६ मा पर्ने  बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर भएका उनलाई उद्धार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले जानकारी दिए । ‘दिउंसो १ बजे भिरबाट लडेका रहेछन्, हामीलाई खरब आयो, उद्धार गरेर स्वास्थ्य केन्द्रमा पुर्याएका थियौँ ।  १ः४५ मा उपचारकै क्रममा उनको मृत्यु भयो,’ प्रहरी इन्चार्ज खत्रीले भने ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.