बैतडी : बैतडीको पाटन नगरपालिका–३ मा रहेको सिगास मावि गौरीशङकर पोखरीले भव्यताका साथ ५८ औँ बार्षिकोत्सव मनाएको छ । शुक्रबार बिद्यालय प्रागंणमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकउत्वसमा विद्यालयका प्रधानाध्यपक मानबहादुर चन्दले २ करोड ४२ लाख ५ हजार १८८ रुपैँया बराबारेका आयव्य प्रस्तुत गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालयको चौतर्फी विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने तीन जनालाई सम्मान समेत गरेको छ ।
विद्यालयका संस्थाक शिक्षक एवं पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर सिंह केशी, पुर्व विव्यस अध्यक्ष राम बहादुर बिष्ट र कार्यरत सहायक प्रधानाध्यपक नवराज भट्टलाई सम्मान गरेको बिद्यालयले जनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।
२०२२ सालमा स्थापना भएको सिगास माविमा कक्षा १२ सम्मको पढाइ हुन्छ । क्याम्पस स्थापनाको लागि प्रयास जारी छ ।