डडेल्धुरा: डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तराष्ट्रिय प्रशिक्षक बन्नेका छन् ।
एसियान कराते महासंघले लिएको प्रशिक्षकको परिक्षा अन्तराष्ट्रिय प्रशिक्षक पास भएर उनले प्रमाण पत्र प्राप्त गरेका छन् । जिल्लाको अमजमेरु गाउँपालिका-६ कानाकोटमा जन्मेका ३४ बर्षीय पन्तले २०६२ सालबाट खेलकुद क्षेत्रमा कार्यरत छन् । उनले भने,’सानै देखिकाे अन्तराष्ट्रिय कोच बनने सपना पुरा भएकाे छ । अजयमेरू गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकास ज्यू लगाएकाे सहयाेग गर्ने सबैलाइ प्रति अभारी छु ।’
अजयमेरु गाउँपालिकाको खेलकुद मुख्य प्रशिक्षक रहेका पन्तले अन्तराष्ट्रिय कोचको परिक्षा उतिर्ण गरेका हुन् ।
अन्तराष्ट्रिय कोचमा पन्तसहित सुदूरपश्चिम प्रदेशका २ जनाले अन्तराष्ट्रिय प्रशिक्षककाे मान्यता पाएका छन् । कैलालीको धनगढीका आश्रम खत्रीले पनि इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।
अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले गाउँपालिका कै सान बढाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेको छन् । उनले अजयमेरु मात्र नै डडेल्धुरामै खेलकुदको क्षेत्रमा महत्वपूर्ण योग्दान गरेका बताए ।