बैतडीको पञ्चेश्वरमा दुई दिन स्थानीय बिदा

बैतडी:

बैतडीको पञ्चेश्वर गाउँपालिकाले मंसिर १७ गते र १८ गते स्थानीय बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका- ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरूको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिइएको हो।

कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ। उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत पुग्ने गरेका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!