डडेल्धुरा बजारमै एकजना व्यापारी मृत फेला

डडेल्धुरा :

डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक अजयमेरु गाउँपालिका- ३  बस्ने ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन् ।
फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.