बैतडी:
बैतडीको पाटन नगरपालिका ४ मा पर्ने भुमेश्वर माध्यमिक विद्यालयले ७३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । बिद्यालयमा विभिन्न संस्कृती कार्यक्रमको आयोजना गरी औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेका शिक्षक देवसिह ठगुन्नाले बताए ।
बार्षिकोत्सवको अवसरमा बिद्यालयलाई स्थापनादेखी विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिलाई बिद्यालयले सम्मान गरेको छ । सम्मानित हुनेमा समाजसेवी बाशुदेव भट्ट, जय बहादुर चन्द, शिद्धराज भट्ट, जय सिंह बिष्ट, ध्वजदत्त भट्ट र मदन सिंह बिष्ट रहेका छन् । विद्यालयका प्रद्यानाध्यापक बिरेन्द्र बहादुर चन्दले १ करोड २७ लाख ९६ हजार २ सय ८८ रुपैया बराबरको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । भने निजी क्षेत्रका शिक्षकलाई एक बर्षबाट तलब भत्ता भुक्तानी बिद्यालयले गर्न नसकेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दामोदर भण्डारी रहेका थिए । विशिष्ट अतिथिमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्ट लगायतका प्रतिनिधि रहेका थिए ।
कार्यक्रममा पुर्वमन्त्री भण्डारीले राज्यको ठूलो लगानी शिक्षामा रहेको बताउदै प्रतिफल हासिल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयहरु भौतकि प्रगती सुनाउनमा लागे शैक्षिक गुणस्तरको बिषयमा प्रतिवेदन नै प्रस्तुत गर्ने नगरेको प्रति उनले गुनासो गरे ।
बैतडी जिल्लाको शिक्षाको नतिजा चिन्ताजनक रहेकाले यो कमजोरी सच्याउन जरुरी रहेको संघिय संसद भण्डारीको धारणा थियो ।