डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले उत्कृष्ट ५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मंगलबार अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा गाउँपालिकाले मनोवल बढाउन सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।
गाउँपालिकाले नगद दुई हजारसहित सम्मान गरेको हो ।
सम्मानीत हुनेमा वडा नम्बर १ का स्वयंसेविका डम्बरु ठकुराठी, २ का कौशिला मडै ३ का लक्ष्मी खड्का , ४ का सारदा ठकुराठी र ५ का सिता नाथ स्वयंसेविका रहेका छन् । सम्मानले थप जिम्मेवारी दिएको अनुभव भएको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्काले बताईन् ।