बैतडी:
बैतडीमा एक ३० बर्षीय युवक मृत फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ३ तल्लाछेपट्टाका ३० वर्षिय श्रीकान्त बोहरा मंगलबार मृत फेला परेका हुन् ।
दिउंसो १ बजेतिर आफैन घरको कोठामा झुण्डीएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेमबिक्रम केसीले जानकारी दिए । घटनाको कारण खुल्न सकेको छैन् ।
प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता केसीले बताए ।