ललित बोहरा: बैतडी
बैतडीको दशरथचन्द नगरपालिकालाई हिसां प्रभावित महिला खोजेर पाटन पठाउनु पर्ने बाध्यता छ । भवन निमार्ण भएको लामो समयसम्म अल्पकालीन सुरक्षित आवास गृह (सेफहावस) सञ्चालन गर्ने नसकेकोपछि हिंसा प्रभावित महिलालाई पाटनको सेफहासव पठाउनु पर्ने बाध्यता रहेको हाे।
संयुक्त राष्ट्र जनसंख्या कोष अन्र्तगतका सिएमसी नेपाल र नगरपालिकाको सहकार्यमा सामुदायीक मनोसमाजिक कार्यकता पदमा कर्मचारी भर्ना गरेको छ । उनीहरुको काम हो हिंसा प्रभावित महिला खोज्ने सेफहावस तथा सम्बन्धीत निकायमा पढाउन वा मनोसमाजीक विर्मस दिने हो ।
घर पुगेर उनीहरूले हिंसा न्युनीकरणका लागी सचेतना समेत गछर्न्र । घरेलु हिंसा, लैगिंक हिंसा पिडित महिला भेटीए कानुनी उपचार खोज्न वा पुर्नमिलन नहुदाँसम्म सिफहावस राख्छन जसकाले लागि जिल्ला सदरमुकामको नगरपालिकाले पाटन नगरपालिकाले सञ्चालन गरेको सेफहासवमा पठाउने गरेको छ ।
अन्तपार्टी महिला सञ्जाल बैतडीले सेफहासवका लागि भवन निमार्ण गरेको करिब २ बर्ष बढी भइसकेको छ । नगरपालिकाले भवन आफु माथत ल्याउन नसकेपछि सेफहासव सञ्चालन गर्न कठिनाइ भएको हो । हरेक छलफलमा दनपाले सञ्चालन गन्रे भन्छ तर सक्दैन्र ।
सदरमुकाममा सेफहावस नभएपछि प्रहरीले पिडीत महिलालाई पाटन पठाउनु पर्ने फेरी मुद्धाको समयमा ल्याउनु पर्ने समस्या भएको जिल्ला प्रहरी बैतडीका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।
‘अदालत, प्रहरी, अस्पताल, तथा ओसीएमसी सबै यता छ पिडीत महिलालाई पाटन पठाउनु पर्ने बाध्यता छ फेरी ल्याउने फेरी पठाउनु पर्ने गर्लाले समस्या भयो, डिएसपी गिरीले भने, ‘धन्य पाटनमा छ र महिला सुरक्षीत राखिन्छन नभएको भए हामीलाई त गाह्रराे हुने थियो, दनपाले सञ्चालन गर्नु पर्छ।’
नगर प्रमुख पुष्कर राज जोशी (लख्खाभाई) ले अन्र्तरपार्टी महिला संजालले निमार्ण गरेको भवनमा सञ्चालनका लागि जिल्ला समन्वय समिती बैतडीले नेतृत्व गर्नु पर्ने बताए ।
बुधबार सदरमुकाम गोठलापानीमा आयोजीत सेफहावस सञ्चालन तथा प्रभावकारी व्यवस्थापन कार्यक्रम बोल्दै मेयर जोशीले सञ्चालनका लागि नगरपालिका सकरात्मक रहेको बताउदै बन्नेको भवनमा के समस्या हो बुझन नसकेको बताए । उनले भने, ‘जिससले लिडिङ गरोस, हामी सहयोग गछौ, यहाँ सेफहावस आवश्यक छ, बनेको भवनलाई सदुपयोग गर्नमा हामी सबै लाग्नु पर्छ। ’
हिंसा बिरुद्द शुन्य, सहनशीलताको नीति अबलम्बन गर्न बैतडी जिल्लामा हिंसाबाट प्रभावित महिला तथा बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपमाचार र कानुनी सहायतालाई सहज अहिले पाटन नगरपालिकाद्धारा सञ्चालीत सेफहासवले गरिएको नगरप्रमुख गौरी सिह रावलले बताए। पछिल्लो ८ बर्षमा पाटनमा सञ्चालीत सेफहावसबाट ६ सय महिला तथा बालबालिकाले सेवा लिएको सेफहावसमा कार्यरत मनोविर्मषकर्ता डम्बरी भट्टले बताइन्।
पाटनमा सञ्चालीत सेफहावसलाई पाटन नगरपालिका, युएनएफपीए, साथी संस्था, सिएमसी नेपाल, समाजीक विकास कार्यालय बैतडीले आर्थिक सहयोग गर्दै आएका छन् । भाडाको घरमा संचालन भइरहेकोले भवन अभावले प्रभावकारी संञ्चालनका लागि बैतडीका सबै स्थानीय तहले सहयोग गर्नु पर्ने पाटन नगरपालिका नगर उपप्रमुख कमलसिह बोहरा अपीको भनाई छ।
जिल्ला भरीका स्थानीय तहका नागरिकले सेवा लिने आर्थिक भार पाटन नगरपालिकालाई मात्र परेकाले १० वटै स्थानीय तहसंग आर्थिक सहयोगका लागि अनुरोध गरेको उनले बताए ।