पाटन नगरपालिकाले अखण्ड योग शिविर सञ्चालन गर्ने

बैतडी : बैतडीको पाटन नगरपालिकाले अखण्ड योग शिविरको शिविर सञ्चालन गर्ने भएको छ । बिहिबार नयाँ सहरको आयोजनाको कार्यालय नजिकको आईसोलेसनका लागि निमार्ण भएको हलमा जिवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

“स्वस्थ नागरिक स्वच्छ नगर, आफ्नै लागि पहिलो प्रहर, जिवनजगत सबैका लागि स्वस्थ शरीर सबैका लागि” भन्ने नाराका साथ जिवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गर्न लागिएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले जानकारी दिए ।

बिहिबार बिहान ६ बजेदेखि अखण्ड योग साधनाको कार्यक्रम रहेकाले सबैमा उपस्थितिका लागि अनुरोध गरिएको छ । योग प्ररिक्षकहरुले योग गर्न यहाँका नागरिकलाई सिकाउने उनले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!