बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, १० हजार परिचयपत्र पुगे

ललित बोहरा
बैतडी : विवरण भरेको लामो समयपछि बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ ।को छ । १ बर्ष अगाडी विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले अहिले वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम हालै सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने सिडीयो पन्थीले बताए । ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । पहिलो चरणमा १० हजार परिचय पत्र बैतडी पुगेका छन् ।

अब समाजीक सुरक्षा भत्ता अर्थात वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ । नगरिकतामा जन्ममिती सच्याएर अर्थात सरकारी निकायलाई झुक्याएर समाजीक सुरक्षा भत्ता दिने नागरिक विस्तारै घटने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । गत बर्ष १ सय बढी जना नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण पेस गर्ने क्रममा नागरिकतामा जन्म सञ्चाउने नागरिकलाई कारबाहि भएको थियो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन् । जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।

राष्ट्रिय परिचय पत्र सम्बन्धमा आएका जिज्ञासाहरूः
१- परिचयपत्र परिवारका अन्य सदस्यहरूले लिन मिल्दैन?
– अह, मिल्दैन। परिचय पत्रवाला सम्बन्धित व्यक्तिको पुनः बायोमेक्ट्रिक भेरिफाई गरेर मात्र कार्ड Issue हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्छ।
२- वडामा दर्ता गरेका कहिले आउछन्?
– अहिले जिल्ला प्रशासन कार्यालय, बैतडीबाट मात्र दर्ता गरेका कार्डहरू आइपुगेका छन्। बिस्तारै वडाबाट दर्ता गरेका पनि आइपुग्छन्।
३- वडास्तरबाट कार्ड वितरण गर्न मिल्दैन?
– राष्ट्रिय परिचय पत्रको भेरिफिकेसन र संचालन द्रुत गतिको डेडिकेटेड लिजलाइन इन्टरनेटबाट मात्र हुने र त्यसको सम्पूर्ण प्रणाली संचालन विभागको अनुमतिमा मात्र हुने हुन्छ। हालको अवस्थामा हाम्रा वडा तहमा त्यस्तो प्रकारको इन्टरनेट सेवा र प्रणालीको संचालनको उपलब्धता नभएको हुँदा कार्डहरूको वितरण अन्य स्थानबाट सम्भव देखिदैन।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.