३२ बिद्यालयका सूचना अधिकारीलाई भागेश्वर गाउँपालिकाले दियो दुईदिने अभिमुखीकरण

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले ३२ बिद्यालयका सूचना अधिकारीलाई दुईदिने अभिमुखीकरण तालिम दिएको छ ।

गाउँपालिका मावि, प्रावि, आवि गरी ३२ बिद्यालयका सूचना अधिकारीहरुलाई सूचनाका हक लगायतका बिषउमा तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

sanke

कार्यक्रमको समापनमा बोल्दै भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले गाउँपालिकाको निती र कार्यक्रममा भागेश्वर शैक्षिक गुणस्तर बर्षको रुपमा कार्यान्वयमा जोड दिएका थिए ।

शैक्षिक समृद्धीतर्फ बजेट कार्यान्वयमा गाउँपालिको जोड दिइरहेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

Leave A Reply

Your email address will not be published.