पाटनमा ८२ प्रतिशत संस्थागत सुत्केरी

पाटन: 

बैतडीको पाटन नगरपालिकामा ८२ प्रतिशत संस्थागत सुत्केरी रहेको पाईएको छ ।

आईतबार यौन तथा प्रजन्न स्वास्थ्य अधिकार र अपाङगता जवाफदेहीता सचेतना प्रर्वधन सम्बन्धी कार्यशाला गोष्ठीमा यो तथ्याङक सार्वजनीक गरिएको हो ।

पाटन नगरपालिको स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्याङकमा ८२ प्रतिशत महिलाले स्वास्थ्य संस्थामै बच्चा पाएको देखिएको हो ।

१८ प्रतिशत महिला घर तथा बाटो र बाहिर जिल्लाका स्वास्थ्य संस्थामा बच्चा पाएका छन् ।

एक बर्षमा पाटन नगरपालिका भित्र चार नवजात शिशुको मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख मदनसिह महराले बताए । स्वास्थ्य संस्थाहरुमा पहुच बढाउन भौतीक संरचनामा अझै ध्यान दिनु पर्ने उनले जनप्रतिनिधीलाई आग्रह गरे ।

युएनफपीए र फाया नेपाल र पाटन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा फरकक्षमता भएका व्यक्तीहरुले आफुहरुको अधिकार स्थानीय सरकारले सुनिश्चत गर्नु पर्नेमा जोड दिए । सार्वजनीक संस्थाहरु अपाङमैत्री हुनु पर्ने सहभागी हरिजीत बोहराले बताए ।

कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख कमलसिह बोहराले गर्ववती महिलालाई सुत्केरी हुनका लागि नजिकै स्वास्थ्य संस्थामा पँहुच पुगाई, केही दिन स्वास्थ्यकर्मीकै हेरचाह गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले किशोर, किशारीमत्री स्वास्थ्य संस्थाहरु अगामी योजनामा बढाउदै जाने बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.