बैतडी:
बैतडीको पाटनमा अखण्ड योग साधना शुभारम्भ भएको छ । नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति बैतडीको सहयोगमा अखण्ड योग साधना सुरु भएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए ।
बिहिबार बिहान नयाँ सहरको आयोजना कार्यालय नजिकको हलमा एक कार्यक्रमका बिच पूर्वमन्त्री दामोदर भण्डारीले अखण्ड योग साधना कार्यक्रमको शुभारम्भ गरेका हुन् । जीवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गरिएको बताइएको छ ।
“स्वस्थ नागरिक स्वच्छ नगर, आफ्नै लागि पहिलो प्रहर, जीवनजगत सबैका लागि स्वस्थ शरीर सबैका लागि” भन्ने नाराका साथ जीवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गरिएको उपप्रमुख बोहराले बताए । सो कार्यक्रममा योग गर्न सिकाइदै छ ।
स्वस्थ रहनका लागि मानजीवनमा योगको महत्वपूर्ण भूमीका रहेको उनको भनाई छ । आसन प्राणायाम गर्दा नसा च्यापिएको , मुटुरोग सम्बन्धि, स्वास रोगकका लागि योग आवश्यक रहेको योगकर्मीहरुको भनाई छ । योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि ,मन समेत शान्त राख्ने काम गर्ने उनिहरुको भनाई छ ।
व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधनको रुपमा योग मानिन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ । पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको छ ।
अखण्ड योग साधना पाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी , स्थानीय र पतञ्जली योग समितिका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।