बैतडी:
नेपाल विद्यार्थी संघले बैतडीको कार्यवाह अध्यक्षको जिम्मेवारी केशव बहादुर चन्दले पाएका छन् । नेपाल विद्यार्थी संघ विधान बमोजीम चन्दलाई संघ अध्यक्षको जिम्मेवारी दिइएको जनाएको छ ।
अध्यक्ष कपिल केसीले हस्तारक्षर गरेको पत्रमा कारवाह जिम्मेवारी दिएको जनाएको हो । चन्दको कार्यकालमा नेविसंघ अझै गतिशील र सशक्त हुने अपेक्षा समेत गरिएको छ । संघले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कार्यवाहक अध्यक्ष केशवबहादुर चन्दले बताए ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका जिल्ला सचिव चन्द शिवनाथ गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष हुन् ।