हिंसा प्रभावितका लागि सेफ हाउस बन्यो ‘माईती घर’

ललित बोहरा
पाटन बैतडीः

२० वर्षीय एक महिलाले श्रीमानबाट मनाकसिक हिंसा केही समय भोगेर बसिन् । समाजमा के भन्लान भनेर जती सहने गरिन पाटन नगरपालिकाकी ज्वाला भट्टराई

(नाम परिर्वत) लाई उती यताना थपिदै गयो ।

यातना कृटपीटमा पुग्यो । श्रीमानले कृटपिट गरेका घाउँसंगै घराईसी काम गरिरहेकी भट्टलाइई एक दिन पाटन नगरपालिकाले वडाहरुका राखेका सामुदायीक मनोसमाजीक कार्यकतासंग भयो ।

उनी रुदै घास काटने जान बाटोमा बसीरहेकी देख्दा लैंगिक हिंसाको क्षेत्रमा काम गर्ने सामुदायीक मनोसमाजीक कार्यकर्ताले घरको बुहारी जसरी सोधपुक्ष गर्दै गदाँ खोलिन् उनले मनका कुरा, घरेलु हिंसामा परेकी महिला डोरीमा झुण्डीने अथार्त आत्मा हत्याको मानसीकतामा पुगेकी रहेछन् ।

नराम्रो आरोप लगाउदै श्रीमानले कुटेको तथा गाउँका नागरिकले अपहेलना गरेको बिषय सिपीएसडब्लुलाई बताएपछि उनलाई सम्झाउदै बुझाउदै केही दिने पाटन नगरपालिकामा रहेको अल्पकाली सुरक्षित आवास गृहमा ल्याईयो ।

आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउन कानुनी सहायता दिदै इलाका प्रहरी कार्यालय पाटनमा मुद्धा दर्ता जान तयारी गरिएको थियो । महिलाले भनीन् श्रीमान सुध्रिने अझै आश छ छलफल गर्ने बोलाईदिनस । तर केही दिनमा उनको श्रीमान घर लैजाने भनेर आएर बजार क्षेत्रमा बस्ने गरेको भेटीयो खुसी हुदै आए र दम्पतीलाई जनप्रतिनिधीको रहोवरमा राम्रोसंग बुझाई गरि पठायो ।

श्रीमानले भने, ‘मेरो नयाँ जिवन सुरु गरिदिनु भएकोमा सेफ हाउसलाई धन्यावाद अब म सुध्रिने बाचा गर्दछु।’ भन्दै श्रीमती लगेर घर लगेर गए ।
ज्वालाले भनिन् -‘मेरो माईती घर सेफहाउस भयो, श्रीमानले कुटपीट गरे माईत जान्थे न्याय पाउथे मैले यहाँ आएर न्याय पाए । मलाईती घर मेरो लागि यो नै भयो ।’

ज्यालाका लागि मात्र हैन बैतडीको पाटन नगरपालिका–६ मा रहेको अल्पकालीन सुरक्षित आवास गृह अहिलेसम्म ६ सय १ महिलाका लागि माईती घर बनेको छ ।
घरमा विवाद हुदाँ वा समस्या पर्दादेखी बलत्कृत महिला तथा बालबालिका र बेचविखनमा परेका महिला बालबालिका लागि माईती घर बनेको छ ।
२०७३ सालमा स्थापित सेफहाउस बैतडी जिल्लामै एक मात्र छ । यहाँ बाहिरी जिल्लाकाले समेत सेवा लिने गरेका छन् ।

शारिरीक हिंसा १ सय ९० जना, बहुविवाह ५८ जना, मानव वेचविखनमा ८ जना, घरेलु तथा मानसिक हिंसा, २ सय २६ जना, समाजीक हिंसा १ जना, सम्बन्ध विच्छेद ८ , बाल विवाह ५ जना, अन्य १२ जनाले स्थापनादेखी अहिलेसम्म सेवा दिएको सेफहाउसमा कार्यरत मनोविर्मशकर्ता डम्बरी भट्टले बताइन् ।

सेफहाउसले कानुनी प्रक्रिया देखी केही संघ संस्थाहरुको सहयोगमा पुनःस्थापनका लागी संचालन गरेको कार्यक्रमले सञ्चालनले हिसां प्रभावती महिलाको दैनिकी फेरिएको छ ।
ठेला बनाई एक महिलालाई स्थानीय बजारमा व्यपारमा खटाएपछि आम्दानीको स्रोत पानीपुरी बन्नुका साथ जिवन फेरीको छ ।
महिलाले भनीन्, ‘घरबाट तिरसकारमा परिकी थिए सेफहाउसले सुरक्षा गरेर रोजिरोटी समेत दिएको छ माईत घर भन्दा ठुलो मान्छु।’

अहिलेसम्म विभिन्न संघ संघस्थाको सहयोगमा प्रभावती महिलालाई व्यवसायीक सिप सिकाउने तथा आत्मानिर्भरका बनाउन जागिरीका लागि समन्वय गरिदिनेसम्म सेफहाउसले गर्ने गरेको मनोविर्मशकर्ता भट्टले बताइन् ।

हिसां प्रभावती महिलाको गोपनीयताको संरक्षणका लागि सुरक्षित घरमा राखिएको छ । उनलाई न्यायीक लडाई नसकिएसम्म कम्तीमा तिन महिना सेफहाउसले राख्ने गर्छ । महिला गार्डेन तथा भान्सेसहित तीन जना कार्यरत यहाँ जोखीम पूर्ण काम गरिरहेका छन् ।

मानसिक समस्याका बिरामी आए थप सुरक्षित राख्न सेफहाउसलाई चुनौती रहेको छ । अहिले समाजीक विकास कार्यालय बैतडी, युएनफपीएको आर्थिक सहयोगमा साथी संस्था, सिएमसी नेपाल लगायतकाले सहयोग गर्ने गरेका छन् भने नगरपालिकाले पनि समन्वयको जिम्मा लिएको छ ।

पाटन नगरपालिकाले सञ्चालनको जिम्मा स्थानीय संहश्रलिङ नामक संस्थाले संञ्चालन व्यवस्थापन गर्दै आएको छ । तर सञ्चालक समिति सक्रिय नहुदाँ तीन बर्ष सो संस्थाका अध्यक्ष रहेकी अहिले मनोविमर्शकताको काम गरिएका डम्बरी भट्टले संस्थाको अधिकास काम गर्नु पर्ने बाध्यता छ।
सेफहाउस अर्थात माईत घर कहिलेसम्म ?
बैतडी जिल्लाको एक मात्र सेफहाउस अर्थात माईतघर महिले सम्म निरन्तर चन्लछ केही भन्द नसक्ने अवस्थामा छन सरकारी तथा गैर सरकारी निकाय । विभिन्न संघ, संस्था र प्रदेश सरकारले सहयोग गर्दासम्म मात्र सञ्चालन हुने हो की भन्ने डर धेरै सरोकारवालाहरुको छ ।

तर पाटन नगरपालिकाका बैतडीले आफ्नो क्षेत्र भित्र पर्ने गरी अल्पकालीन सुरक्षीत आवास गृह संचालन कार्यविधी कार्यपालिकाबाट पास गरेर स्थानीय राजपत्रमा प्रकाशित गरेको छ । यसमा सेवा क्षेत्रका स्थानीय तहहरुबाट आर्थिक संकलन गरी नगरपालिका आफैले संचालन तथा व्यवस्थापन गर्ने छ भनेर लेखेको छ । तर पाटन नगरपालिका बाहेक यहाँका कुनै पनि स्थानीय तहले बजेट सेफहाउसका लागि विनियोजन गरेको देखिदैन् ।

केही लिनमै सेफहाउस संचालनका लागि सेवा क्षेत्रका स्थानीय तहसंग बजेट मागका लागि नगरपालिकाले स्थानीय तहहरुमै जाने योजना बनाएको पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए। कार्यविधि अनुसार स्थानीय तहहरुलाई बजेट मागका लागि जाने तयारी भइरहेको उनले बताए ।

‘पाटनले सञ्चालन गर्ने जिम्मालिएको छ सबै क्षेत्रका नागरिकले सेवा दिएका छन् संस्थाहरुले छोडे आर्थिक समस्या हुन्छ अन्य स्थानीय तहले सहयोग नगरे उनीहरुको नागरिकलाई सेवा बन्द गर्न सक्छौ तर बन्द हुन दिदैनौ।’

जिल्लामा सदमुकाम गोठलापानीमा अल्पकालीन सुरक्षीत आवास गृह सञ्चालनका लागि अन्तरपार्टी महिला संञ्चालले भवन बनाएको ८ बर्षसम्म विवादका कारण अल्पकालीन सुरक्षीत आवास गृह संचालन गर्न सकेको छैन्। सदरमुकामको पुरानो नगरपालिका दशरथचन्दले पनि पाटनकै सेफहाउसमा पठाउने गरेको छ ।
सेफहाउससंग आफनौ भवन नहुदाँ भाडाको घरबाट सेवा दिइरहेले सेवा ग्राहीको चाप बढी भएको समयमा समस्या हुने गरेको छ ।

पाटन नगरपालिका–६ मा सेफहाउसको भवन निमार्णका लागि संघ सरकारबाट ८० लाख प्राप्त भई ठेक्का भइसकेको निमार्ण कम्पनी संग सम्झैताको प्रक्रिया अगाडी बढेको नगर उपप्रमुख बोहराले बताए ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.