बैतडी: डडेल्धुरामा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ ।
डडेल्धुरा जिल्ला सुरक्षा समितिको आयोजनामा डडेल्धुरा, डोटी, बैतडी र बझाङ जिल्लाका जिल्ला सुरक्षा समितिका सदस्यहरूसहितको अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ।
उक्त बैठक जिल्लाहरूको शान्ति सुरक्षाको अवस्था, लागु औषध नियन्त्रण, अवैध हात हतियार नियन्त्रण, खुल्ला सिमाना व्यवस्थापन, जिल्लाहरूको असल अभ्यासहरूको साझेदारी, विपद व्यवस्थापन, प्रतिकार्य र विपद पछिको अवस्था व्यवस्थापनमा साझेदारी, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरूमा छलफल भई सम्पन्न बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
बैठकमा सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्ने बिषयमा समेत छलफल भएको छ । बिदाको दिन सरकारी सवारी साधनको प्रयोग गर्न नदिने बिषयमा सबै जिल्लाका अधिकारीहरु सहमत भएका छन् । यस्तै सार्वजनिक सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्ने र यसका लागि अन्तर समन्वय गर्ने निर्णय भएको जनाइएको छ ।