बैतडी:
बैतडीको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा सम्पन्न भएको छ । मङगलबारदेखि सुरु भएको जात्रा चैतेदशैंका दिन बुधबार राँगा र बोकाको बलिसहित समापन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।
मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।
रागाँ १ सय १० र घटस्थापनाबाट बुधबार अन्तिम दिनसम्म २ सय ५१ बोकाको बाली भएको मन्दिरका तथ्याङक रेकडर प्रेम बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ ।
यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।