अन्तत: आम्चौरामै बन्ने भयो अस्पताल, गाउँपालिका अध्यक्ष चन्दले गरे सिलान्यास

ललित बाेहरा /बैतडी : अन्तत बैतडीको पञ्चेश्वर गाउँपालिका-४ आम्चौरामै अस्पताल बन्ने भएको छ । स्थान विवादले लामो समयदेखी अस्पतालको ठिक्का प्रक्रिया नै सुरु भएको थिएन् ।

१० सैया अस्पताल निर्माणको शनिबार एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले सिलान्यास गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका-४ आम्चौरामा १० सैया अस्पताल निर्माणको लागि मल्टिटेक न्यू श्री केदार जेभीसंग १३ करोड ८२ लाख, ५५, हजार ८ सय ५६ मा सम्झौता गरिएको गाउँपालिकाले छ ।

स्थान विवादले डिपिआर नै परिर्वतन गरेर ठेक्का सम्झैता भइसकेको प्राविधिक शाखा प्रमुख घनश्याम मौनीले बताए ।

संघ सरकारले यसमा ६० प्रतिशत लगानी गर्ने छ भने ४० प्रतिशत स्थानीय सरकार अर्थात पञ्चेश्वर गाउँपालिका गाउँकार्यपालिकाले प्रत्येक बर्ष लगानी गर्ने पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवक्ता जनकबहादुर चन्दले बताए ।

आम्चौरामा अस्पताल बन्ने भएपपिछ स्थानीय हर्षित छन् । अस्पताल नहुदाँ यहाँका नागरिक मेलाली, पाटन, बैतडी सदरमुकाम, डडेल्धुरा, धनगढी तथा महाकालीमा जोखीममोलेर भारत समेत जाने गरेका छन् ।

सिलान्यासका गदै अध्यक्ष चन्दले अस्पताल निमार्णका लागि गरेको संघर्षको कथा स्थानीयलाई सुनाए । उनले भने, ‘अस्पताल निमार्णका लागि बजेटदेखी जग्गासम्म समस्या नै समस्या खेपिएको छ,। पालिका नागरिकलाई आधाभुत स्वास्थ्यको पहुचँमा पुगाउने मेरो उद्देश्य पुरा हुदैछ ।’

उक्त कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृत लगायतका जनप्रतिनिधि कर्मचारी र आम जनसमुदायको सहभागितामा रहेको थियो

सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!