बैतडी :
पूर्णरुपमा बन्द बैतडी पाटन ६ मा पर्ने सुर्नया गाड विद्युत गृह सञ्चालनको लागि स्थलगत अनुगमन गरिएको छ ।
करिब १ बर्षदेखी पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नको लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्यतु वितरण केन्द्र बैतडीको प्राविधक टोलीले शनिबार स्थलगत अनुगमन गरेको जनाएको छ ।
संरक्षण अभावमा उपकरण समेत काम नलाग्ने अवस्थामा पुगेको समयमा अनुगमन गरिएको हो ।
प्राविधिक उपकरणको व्यवस्थापन तथा मर्मतको काम भए छिट्टै सय किला वाट विद्युत उत्पादन गर्न सकिने देखिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिएका छन् । सुर्नया गाड विद्युत गृहको २ सय किलो वाट बिद्युत उत्पादन गर्ने क्षमताको हो ।
सिचाई र विद्युत गृह सञ्चालनको लागि प्रयोग हुने नहरमा पानीको मात्रा पनि कम रहेको पाइएको छ । केही दिनमा पानीको नहर सफाई गरिने र त्यसमा पानीको मात्रा बढेको अवस्थामा विद्युत गृह सञ्चालनको लागि प्राबिधिक उपकरणको व्यवस्थापन गरि सञ्चालनको तयारी अघि बढाइने प्रमुख पौडेलले बताए ।
यहाँका अधिकास लघु जलविद्युतहरु बन्द छन् ।