भारतमा मोटरसाईकल दुर्घटनामा बैतडीका ठगुन्नाको मृत्यु

बैतडी :

मेलौली नगरपालिका–०८ कोटिगाँउ हल्दोडाका जनक सिह ठगुन्नाको भारतमा मृत्यु भएको छ। भारतको राजंस्थान राज्य टिल्वारोड चन्दवारी भन्ने ठाउँमा मंसिर १९ गते मोटरसाईकल दुर्घटनामा परेको आफन्त डम्बर ठगुन्नाले बताए।

दुर्घटनामा परी गम्भीर घाईते भएका उनको जयपुर एसएम अस्पतालमा उपचारको क्रममा मंसिर २० गते मृत्यु भएको जनाईएको छ। आफु बस्ने कोठाबाट काम बिशेषले बाहिर जाने क्रममा आफु सवार मोटरसाईकल दुर्घटनामा परेको आफन्तले बताएका छन।

मृतक ठगुन्ना कार्यरत रहेको होटलको सहयोगमा उनको शब नेपाल ल्याएर अन्तिम संस्कार समेत गरिसकिएको पारिवारीक स्रोतले जनाएको छ। ठगुन्नाको काजक्रिया पश्चात मृत्यु दर्ता प्रमाणपत्र बनाई भारत सरकारलाई आर्थिक सहयोगको अपिल गरिने समेत परिवारले जनाएको छ।

४९ बर्षीय ठगुन्ना बिगत ३२ बर्षदेखी भारतमा काम गर्दै आईरहेका थिए। उनको निधनले पुरै कोटिगाँउ शोकमय भएको छ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.